काठमाडौं, जेठ १७ । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र…