काठमाडौं । गत जेठ १८ मा चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन केन्द्रीय राजश्व अनुसन्धान विभागको टोलीले सिलिगुडीबाट समात्यो । करिब बर्ष दिनपछि अर्थात् बैशाख ३१ मा सिलिगुडीबाटै २४ दशमलव १५० किलो सुन बरामद गर्यो । यसपटक सुन नाथुला नभएर म्यानमार(बर्मा)बाट भित्रिएको थियो । अन्दाजी आठ करोड भारुको सुन बरामदसँगै तस्करले म्यानमार–मोरे(मणिपुर)…