Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


नेपालमा कडाइ गरिएपछि म्यानमार रुटबाट सुन र सुपारी तस्करी


0
Shares

काठमाडौं । गत जेठ १८ मा चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन केन्द्रीय राजश्व अनुसन्धान विभागको टोलीले सिलिगुडीबाट समात्यो ।

करिब बर्ष दिनपछि अर्थात् बैशाख ३१ मा सिलिगुडीबाटै २४ दशमलव १५० किलो सुन बरामद गर्‍यो । 

यसपटक सुन नाथुला नभएर म्यानमार(बर्मा)बाट भित्रिएको थियो । अन्दाजी आठ करोड भारुको सुन बरामदसँगै तस्करले म्यानमार–मोरे(मणिपुर) तस्करीको अर्को रुटका रुपमा प्रयोग गरिरहेको खुलेको छ । 

म्यानमारको टमुका स्थानीय र मणिपुरको मोरेका बासिन्दालाई यो नाकामा आवतजावत गर्न छुट छ ।

अन्तर्राष्ट्रिय सीमा भएर पनि व्यापारिक सिलसिलामा बर्मेलीहरु भारततिर आउने र भारतीयहरु उता जाने गर्छन् , भिषाबेगरै । त्यही खुला सीमाको फाइदा उठाउँदै तस्करले धमाधम सुन भित्र्याइरहेका छन् ।

नेपालमा कडाइ भएपछि अन्तर्राष्ट्रिय संगठित आपराधिक गिरोहले कहिले चीन हुँदै सिक्किमको नाथुला, कहिले चीन हुँदै भुटानको जयगाउँबाट सुन भित्र्याउँदै आएकामा यसपाली चीनबाट बर्मा हुँदै मणिपुरको मोरेबाट सुन भारत भित्र्याइएको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट