परासी । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका छन् । त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ । महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० बर्षीय एक युवा प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइ…