Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् ।

उपचारमा संलग्न चिकित्सकले नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । 

प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न बाँकी छ । 

१३ कात्तिकमा ग्रान्डी अस्पतालमा भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरेर उनलाई डिस्चार्ज गरिएको थियो । 

२७ दिन पछि शनिबार ग्रान्डीमै उनलाई अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।

जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा.प्रेमराज ज्ञवालीले बताएका छन् । –नयाँ पत्रिका दैनिकबाट