काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सांसद अक्कल रावललाई जिल्ला अदालत कैलालीले ४ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ । धनगढीको उत्तरबेहडी बस्दै आएकी एक महिलाले आफूमाथि बलात्कार प्रयास गरेको उजुरी दिएपछि रावल पक्राउ परेका थिए । बुधबार अबेर प्रहरीले नियन्त्रणमा लिएका रावललाई बिहीबार म्याद थप्न जिल्ला अदालत लगिएको थियो ।…