
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षले घुस लिई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
जाजरकोट जुनीचाँदे गाउाँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र ५ का वडाअध्यक्ष राजहादुर शाहीविरुद्ध २५ लाख ५० हजार बिगो कागम गरी आरेपपत्र दर्ता गरेको हो ।
अध्यक्ष केसीले कमिसन माग्दै धम्कीसमेत दिई पटकपटक नगद र बैंक खातामा रकम लिएको अख्तियारको दाबी छ ।
सेवाग्राहीसँग सडक निर्माणमा कमिसनबापत रकम माग्ने, होटल खर्च तिर्न लगाउने, गाडी रिजर्भ गरी तिर्न लगाएको गरी २५ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अनुसन्धानको क्रममा अध्यक्ष कृष्ण र प्रधानध्यापक चन्द्रबहादुर बस्नेतले मिलेमतोमा ८ लाख रुपैयाँ घुस लिएर बाँडेको अख्तियारको दाबी छ ।
प्रधानध्यापक चन्द्रबहादुरलाई ८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
त्यसैगरी जनस्वास्थ्य कार्यालय धादिङका तत्कालिन जनस्वास्थ्य प्रमुख डा. नरेशप्रताप केसीविरुद्ध १४ हजार रुपैयाँ मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
जनस्वास्थ्य कार्यालय धादिङका पियन हरिबहादुर हमाललाई ३४ लाख ३३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै मागदाबीसहित मुद्दा दर्ता भएको हो । नागरिक दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्