
काठमाडौं । सरकारले सर्बोच्च विभूषण पाउनेलाई वहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ ।
नेपाली नागरिकलाई दिइने उक्त सर्बोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ । नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभुषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त मानपदवी पाउनेलाई सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्च सबै सरकारले दिने ब्यवस्था गरिएको छ ।
नेपाल रत्नबाट हरेक बर्ष एक जनालाई विभुषण गरिनेछ । त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी, नामअघि नेपाल रत्न शब्द जोड्न, निःशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था पनि गरिएको छ । नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्