काठमाडौं । केन्द्रीकृत शासन जनताका घरदैलोमा नपुगेपछि ठूलो मूल्य चुकाएर मुलुक संघीयतामा प्रवेश गर्यो । संघीयतासँगै घरघरमै सरकार पुग्ने सपना बाँडियो । तर, बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिनसम्म पनि प्रदेश सरकार घटनास्थल पुगेको छैन । न सन्तानवियोगको पीडामा रहेकी भागरथीकी आमालाई सान्त्वना दिन पुगेको छ । निकै आलोचना भएपछि ११औँ दिन सुदूरपश्चिम…