काठमाडौं । राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झाँक्रीलाई जेल हाल्न कस्सिएको सरकार ठूला मुद्दाका कैदीलाई भने कानुन नै संशोधन गरेर छाड्ने तयारीमा छ । फौजदारी कसुर (कैद कट्टा) नियमावली संशोधन गरेर सरकारले प्रजातन्त्र दिवस (७ फागुन)मा ठूलो संख्यामा कैदी छाड्ने तयारी गरेको छ । संशोधित नियमावलीमा गम्भीर किसिमका मुद्दामा जेल परेकालाई पनि आधा कैद सजाय छुट दिन…