काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन…