Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


ग्यास आयात गरेर मल कारखाना खोल्ने योजना


78
Shares

वि.स. २०७१ सालमा लगानी बोर्डको सहभागितामा भएको एक अध्ययनले भारतबाट प्राकृतिक ग्यास आयत गरेर नेपालमा रासायनिक मल कारखानाना स्थापना असम्भव भएको देखाएको थियो ।

तर , त्यो अध्ययनविपरीत लगानी बोर्ड आफैले भारतबाट प्राकृतिक ग्यास आयात गरेर कारखाना खोल्ने योजना अघि बढाएको छ ।

ऊर्जा र कृषि मन्त्रालयका साथै अन्य सरोकारवाला निकायसँग कुनै समन्वय नगरी वास्तविक भन्दा झण्डै चार गुणा बढी बिजुलीको महशुल राखेर विश्लेषण गर्दै प्राकृतिक ग्यास सस्तो भन्दै कारखाना खोल्ने योजाना अघि बढाएको हो ।

गत वर्षमा रातिको समयमा ५ सय मेगावाटसम्म खेरा गएको थता आगामी हिउँदमा एक हजार मेगावाटसम्म बिजुली खेरा जाने प्रक्षेपन गरिरहेका बेला र भारतले बंगलादेशबाट ग्यास आयात गरेर नेपाललाई दिनु पर्ने अवस्था रहेपनि स्वदेशी बिजुलीबाट सम्भव हुंँदाहुंँदै आगामी ५० वर्षसम्म परनिर्भर हुने गरी कारखाना खोल्ने गरी प्रतिवेदन तयार गरेको हो ।

काराेबार