Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ओखलढुंगामा भीरबाट लडेर एक पुरूषकाे निधन


65
Shares

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ देवीटारका ५३ वर्षीय एक जना पुरुषको भीरबाट लडेर निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले स्थानीय ढ्याङ्ग्रे भीरमा घाँस काट्ने क्रममा लडेर धर्मबहादुर थापाको निधन भएकाे जनाएकाे हाे। कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले थापा यहि भदौ ६ गते शनिबार दिउँसो घरबाट कुलो बनाउने भन्दै हिँडेकाे बताउनुभयाे।

कुलो बनाएर फर्कंदा घाँस काट्ने क्रममा भीरबाट अन्दाजी ५ सय मिटर तल लडेको अवस्थामा थापालाई मध्यराति भेटिएको थियो । घटनापछि प्रहरीले लास जाँच-मुचुल्का लगायतका अन्य अनुसन्धान कार्य भएको जनाएको छ।