Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


काठमाडौं र गोरखासहित ११ जिल्लामा आकस्मिक बाढीको जोखिम (सूचीसहित)


0
Shares

काठमाडौं । अविरल वर्षासँगै काठमाडौं र गोरखासहित देशका ११ जिल्लामा साेमबार पनि आकस्मिक बाढीको जोखिम पूर्वानुमान गरिएकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। साेमबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । महाशाखाले दूधकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी लगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ ।