काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्षबाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन । शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक एक दिन स्थगित गरेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न नेताहरूसँग आन्तरिक छलफलमा लाग्नुभएको छ । एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएपछि नेता नारायणकाजी…