Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चक्रपथ विस्तारमा बेवास्ता


117
Shares

काठमाडौं । चिनियाँ सरकारले निःशुल्क बनाईदिने घोषणा गरेको चक्रपथ सडक अन्तरगत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण लामो समयदेखि सुरु हुन सकेको छैन ।

सम्झौता अनुसार नेपाल पक्षले ‘साइट क्लिअर’ गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्नेमा नेपाल पक्षले अहिलेसम्म पनि ‘साइट क्लिअर’ गर्न नसक्दा चक्रपथ विस्तारको काम नै सुरु हुन नसकेको हो ।

‘साइट क्लिअर’ अन्तरगत बिजुलीको पोल हटाउन अझै केही महिना लाग्ने देखिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।