Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


स्थानीय तह निर्वाचनका लागि ८ अर्ब सुनिश्चित


78
Shares

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिए ।

आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेटको व्यवस्था मिलाईदिन आग्रह गरेकोथियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।