हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिकाका-१ सानोभावर,गडुवान निवासी करिब ४० वर्षीया सुकुमाया मोक्तान रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उहाँ आइतबार साँझ चट्याङ लागेर उहाँ गम्भिर घाइते हुनुभएको थियो ।घाइतेको हेटौँडा उपमहानगरपालिका -११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।…