हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिकाका-१ सानोभावर,गडुवान निवासी करिब ४० वर्षीया सुकुमाया मोक्तान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उहाँ आइतबार साँझ चट्याङ लागेर उहाँ गम्भिर घाइते हुनुभएको थियो ।घाइतेको हेटौँडा उपमहानगरपालिका -११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक मोक्तानका ६० वर्षीय पति वीरबहादुर थिङ पनि घाइते भएका प्रहरीले जनाएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्