काठमाडौँ । चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.१० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढिले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए । हाल कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका छन् ।
सार्वजनिक ऋण गत आर्थिक वर्षमा कायम भएको कुल गार्हस्थ्य उत्पादनको ४३. ४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा र व्याज भुक्तानी भएको तथा चालू आर्थिक वर्षभित्र थप ४० अर्ब भुक्तानी गनुपर्ने जानकारी दिए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्