Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियो : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् । ‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने चिन्ता थपिएको…