
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषअन्तर्गतको योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरुमा आबद्ध गर्न अध्ययन कार्यदल बनाएर काम अघि बढाएको छ ।
यसका लागि सहसचिवको नेतृत्वमा अध्ययन कार्यदलले काम सुरु गरिसकेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई संशोधन गरेर योजनामा वैदेशिक रोजगारीमा रहेकालाई सूचिकृत गर्ने योजना अघि बढाइएको बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्