काठमाडौं ।
भोटेकोशीको बाढीमा फसेका नौजनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका हुन्। त्यसैगरी नुवाकोटमा चार र रसुवामा एक शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए।
नुवाकोटमा फेला परेका शवमध्ये एक महिला र तीन पुरुषको पहिचान भएको छ। धादिङमा एक महिला, दुई पुरुष र लिंग पहिचान हुन नसकेका एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा एक पुरुषको शव भेटिएको छ।
बाढीमा फसेका १५ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्