Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


हवाई इन्धनको मूल्य घटाउन माग


169
Shares

काठमाडौं । निजी वायुसेवा सञ्चालकहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेको छ ।

सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो । संघले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अन्य इन्धनको मूल्य कम गरेपनि हवाई इ्न्धन (आन्तरिक तथा बाह्य)को खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राख्ने गरी निगमबाट भएको मूल्य समायोजनप्रति यस संघको ध्यानाकर्षण भएको छ ।’

अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसी (भारतीय आयल निगम) ले रक्सौलमा उपलब्ध गराउने करबाहेकको खरिद मूल्यमा सरकारको अत्याधिक राजस्व तथा निगमको अत्याधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको भनाइ छ । कोभिड महामारीका कारण ८ महिना हवाई सेवा पूर्ण रुपमा बन्द हुँदा वायुसेवा सबै भन्दा बढी मारमा परेको र विदेशी पर्यटक आगमनमा खासै सुधार हुन नसकेको हुनाले वायुसेवा कम्पनीहरूले धान्नकै लागि सस्तो भाडामा आफ्नो सेवा सञ्चालन गर्न बाध्य रहेको संघको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।