काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर आएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा अगाडि बढेको छ । प्रस्तावित विधेयकमा आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता निलम्बन हुनेसम्मको प्रावधान राखिएको छ । आचारसंहिता उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा संवाददातालाई काउन्सिलले सोझै सचेत गराउन सक्ने व्यवस्था पनि गरिएको छ…