Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कामपाको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ


507
Shares

काठमाडौं । अवैध रुपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौं महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ ।

९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

‘उक्त शीर्षकको करस्वरुप कामपाले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्नेछ ।’ कामपाको राजस्व विभाग प्रमुख डा. विश्वरराज अधिकारीले भने, ‘७० करोड रुपैयाँ रकम असुल गनुपर्ने थियो, गत वर्ष २० करोड रुपैयाँ असुल गरियो । अब ५० करोड रुपैयाँ बाँकी छ, यो वर्ष कुनैपनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।