मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा प्रस्तुत « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा प्रस्तुत

'पत्रकारकै दर्ता खारेज हुन सक्ने'

78
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर आएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा अगाडि बढेको छ ।

प्रस्तावित विधेयकमा आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता निलम्बन हुनेसम्मको प्रावधान राखिएको छ । आचारसंहिता उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा संवाददातालाई काउन्सिलले सोझै सचेत गराउन सक्ने व्यवस्था पनि गरिएको छ ।

जाँचबुझ गर्दा आचारसंहिता उल्लंघन गरेको देखिने आधार भए आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई काउन्सिलले कारबाही गर्न सक्ने प्रावधान राखिएको छ ।

कारबाहीअन्तर्गत उजुरी पर्ने पक्षसँग मेलमिलाप गराउने, उजुरीकर्ताको भनाइ सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण गर्न लगाउन सक्ने प्रावधान विधेयकमा समेटिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।