२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सुरक्षा भए पाकिस्तानी लगानी आउँछ’


3.874k
Shares

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले पाकिस्तानी लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) सँग शुक्रबार अपराह्न भेट गरेपछि उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका हुन् ।

गण्डकी प्रदेश सरकारले चाँडै गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र सम्भावित लगानीको सम्भावनाबारे गरिएको प्रश्नको जवाफमा उनले भने, ‘नेपाल सरकारले लगानीको वातावरण बनाउनुपर्छ । जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षा र नाफाको ग्यारेन्टी खोज्छ। त्यसो भए पाकिस्तानी लगानीकर्ता पनि यहाँ लगानी गर्न तयार छन् ।’

राजदूत साहले पाकिस्तान र गण्डकी सरकारले शिक्षा, पर्यटन र जलवायु परिवर्तनमा मिलेर काम गर्न सक्ने बताए । उनले पर्यटकीय राजधानी पोखरा र पाकिस्तानले सहकार्य गर्ने हो भने पर्यटनमा अथाह सम्भावना रहेको उल्लेख गरे । त्यसका लागि प्रदेश सरकार र मुख्यमन्त्री सकारात्मक पाएको उनले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।