
काठमाडौं । सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए । जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८ र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए ।
अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमश: वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहाले बताए । उनले भने, ‘कोभिड-१९ पछिको पर्यटक आगमन दरमा क्रमश सुधार हुँदै लयमा फिर्ता हुने क्रममा रहेको छ । सेप्टेम्बर, अक्टोबर, नोभेम्बरर डिसेम्बरको लागि प्रि-बुकिङ पनि राम्रो नै रहेको छ ।’
नेपाल भ्रमणका लागि खुला छ भन्ने सन्देश प्रवाह हुन नसकेकोले गर्दा आगमन दरमा जति सुधार हुनुपर्ने हो त्यति भने नरहेको वरिष्ठ उपाध्यक्ष शाहको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्