३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली

हेटौंडा । सत्तारुढ पाँच दलीय गठबन्धनले मकवानपुरको स्थानीय तहको प्रमुख तथा उप्रमुखको भागबन्डा टुङ्गाएसँगै यतिबेला हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारमा पनि टुंगो लगाएको छ । जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको…