खोटाङ । नेकपा एमालेले आफ्नो विजयी शुरुवात गरेको छ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेदवार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चिप्रिङमा एक घर मात्र दलित परिवारको बसोबास रहेको…