काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो । कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ । उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची…