काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको मिति नजिकिएसँगै दलहहरूका शीर्ष नेताहरूले जिल्ला दौडाहालाई तीव्र बनाएका छन् । यसैक्रममा रुपन्देही पुग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गर्नुभएको छ । गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले शंका नगरी मत दिएर साझा उम्मेदवारलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने उहाँको…