काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ । शुक्रबार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क…