काठमाडौं । आज मंसिर १९ गते । नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका जादुमयी गायक नारायण गोपालको स्मृति दिवस । नेपाली सांगीतिक क्षेत्रमा सुगमधारमा वर्चश्व कायम गरेका स्वर सम्राट नारायण गोपाल भौतिकरुपमा विदा भएको ३३ वर्ष भएपनि उनका कालजयी गीत अझै पनि उसैगरी गुञ्जिरहेका छन् । २०१६ सालदेखि गुन्जिरहेको यो गीत २०८० सालसम्म आइपुग्दा पनि उस्तै…