Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फणीन्द्ररत्न बज्राचार्यको दुई कृति विमोचन


182
Shares

काठमाडौं । साहित्यकार एवं बौद्ध विद्धान फणीन्द्ररत्न बज्राचार्यको दुई वटा कृति विमोचन भएको छ ।

शनिबार राजधानीमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन गरिएको हो । बज्राचार्य र यैं देय्या महाविहार नामक दुई वटा कृति विमोचन गरिएको हो ।

कृतिमा नेपालको प्राचिनता, बौद्धधर्म लेखक तथा विभिन्न क्षेत्रमा योगदान दिनुभएका बज्राचार्यका संक्षिप्त परिचय उल्लेख गरिएको छ । यी दुबै पुस्तकहरु बौद्ध धर्मका अध्येताले महानगर स्थित महाविहारको अध्ययन गर्नेहरुका लागि उपयोगी हुने छ ।

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, बज्राचार्य संरक्षण गुठीका अध्यक्ष सागरमान बज्राचार्य, पर्यटन विभागका संयोजक आशाराम संगत, कामपा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई लगायतले गर्नुभएको थियो ।