Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन


0
Shares

काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।

नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् । प्रहरीका अनुसार अहिलेसम्म ३२ प्रहरी सम्पर्कविहीन भएका छन् ।


प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा क्षति भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीका पनि ९ जना सम्पर्कविहीन भएका छन् । बीओपी टिमुरेमा कार्यरत ९ जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले बताएको छ ।