Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कविता महोत्सवमा कवि बल प्रथम, सुनिता खनाल दोस्रो

काठमाडौं, असार ९ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र…