काठमाडौं, असार ८ । गोर्खा जनकल्याण संघले बहुआयामिक व्यक्तित्व श्रीहरी फुयाँल ग्रन्थको विमोचन गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले साहित्यकार श्रीहरी फुयाँलकोे जीवनमा आधारित ग्रन्थको विमोचन गरेका हुन ।
साहित्यकार श्रीहरि फुयाँलद्वारा लिखित उक्त पुस्तकमा फुयाँलले नेपाली साहित्यको समृद्धिको लागि गरेका योगदान र संघर्षलाई समेटिएको छ ।
पुस्तकमा साहित्यकार फुयाँलका कथा, कविता, महाकाव्य, उपन्यासहरु समेटिका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धिको बाटोतर्फ लैजान नेपाली भाषा, कला, साहित्यको समृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए ।
अहिलेका युवालाई भाषा कला साहित्य र संस्कृतिबारे ज्ञान दिन नसके लोप हुन सक्ने उपराष्ट्रपति पुनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस्