काठमाडौं । कवि तथा साहित्यकार मन्दिरा मधुश्रीले आफ्ना मातापिता डम्बरकुमारी र गणेशप्रसाद कोइरालाको नाममा स्थापना गरेको आख्यान पुरस्कार विभिन्न चार साहित्य साधकलाई प्रदान गरिएको छ । यसरी सम्मानित हुने साहित्यकारहरुमा गीताकेशरी, परशु प्रधान, डा.बेन्जु शर्मा र डा.ध्रुबचन्द्र गौतम हुनुहुन्छ । उहाँहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सम्मान गर्नुभएको थियो । पुरष्कृत प्रतिभाहरुलाई सम्मान…