चार साधकलाई डम्बरकुमारी–गणेशप्रसाद कोइरालाका आख्यान पुरस्कार « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


चार साधकलाई डम्बरकुमारी–गणेशप्रसाद कोइरालाका आख्यान पुरस्कार


52
Shares

काठमाडौं । कवि तथा साहित्यकार मन्दिरा मधुश्रीले आफ्ना मातापिता डम्बरकुमारी र गणेशप्रसाद कोइरालाको नाममा स्थापना गरेको आख्यान पुरस्कार विभिन्न चार साहित्य साधकलाई प्रदान गरिएको छ ।

यसरी सम्मानित हुने साहित्यकारहरुमा गीताकेशरी, परशु प्रधान, डा.बेन्जु शर्मा र डा.ध्रुबचन्द्र गौतम हुनुहुन्छ । उहाँहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सम्मान गर्नुभएको थियो ।

पुरष्कृत प्रतिभाहरुलाई सम्मान पत्रसाथ जनही १५ हजार प्रदान गरिएको थियो । सो अवसरमा वक्ताहरूले पुरस्कारमार्फत आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गर्ने शैली अनुकरणीय रहेको बताए ।

यसबाट एकातिर जन्मदाताको ऋणमोचन हुने अर्कातिर कलमको सम्मान हुने उनीहरुको धारणा थियो । एकदशकअघि स्थापित उक्त पुरस्कारबाट दर्जन बढी स्रष्टा सम्मानित भइसकेका छन् ।