कैलाली । ईलाका प्रहरी कार्यालय, टीकापुरको हिरासतभित्रै एक पुरुष मृत भेटिएका छन् । प्रहरी चौकी तोरैयाँपुरले आइतबार पक्राउ गरेर टीकापुरलाई बुझाएका ३५ वर्षीय धनबहादुर रानामगर सोमबार बिहानै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको र झ्यालको सरियामा सेतो स्याण्डोको डोरी बनाई घाँटीमा पासो लगाएको अवस्थामा शव भेटिएको ईलाका…