Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुन सक्छ : महेश बस्नेत


78
Shares

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति समेत सिर्जना हुन सक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद्समेत रहेका बस्नेतले यस्तो बताउनुभएको हो। उहाँले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा तयार रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने दावी गर्नुभयो ।

बस्नेतले बुद्धिजीविहरूले पनि महाअभियोग लगाएर सेफ ल्याण्डिङ गराउने विचार राखेकाे बताउनुभयाे । बुधबारबाट सुरु हुने सदन एमालेले अवराेध गर्ने उहाँकाे भनाइ छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेसम्म संसदमा विराेध जारी राख्ने उहाँले बताउनुभयाे ।

नेता बस्नेतले संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढङ्गले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको विरोध स्वभाविक रूपमा रहने समेत स्पष्ट पार्नुभयाे ।