काठमाडौं । ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा भिषण बाढी पहिरो जाँदा कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षती भएको हो । बाढीले दर्जनौं सवारी साधान बगाएको थियो भने पहिरोमा परि सयौं घर ध्वस्त भएका छन् । भग्नावशेषमा…