Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


प्रहरीको अपराध महाशाखाद्वारा अखाद्य कच्चा पदार्थ बरामद


117
Shares

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित एक गोदाममा छापा मारेर अखाद्य कच्चा पदार्थ बरामद गरेको छ ।

काठमाडौंको ज्याठा बस्दै आएका सिन्धुपाल्चोकका नरेश बहादुर श्रेष्ठले सञ्चालन गरेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग र श्रीतारा फुड्स एण्ड स्पाइस प्याकेजिङ्गमा प्रहरीले छापा मारेको हो ।

म्याद नाघेको र बजारबाट फिर्ता गरिएका कुकिज, बिस्कुट र सडेगलेका पाउरोटीलाई धुलो बनाइ कुकिज, टोस्ट बिस्कुट र अन्य बिस्कुट बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै म्याद नाघेको पाउरोटीलाई धुलो बनाइ क्रन्ची चिकेन रोस्ट बनाउन प्रयोगमा ल्याउने गरेको पनि महानगरिय अपराध महाशाखाका प्रवक्ता कृष्णकुमार कोइरालाले बताउनुभयो ।अखाद्य वस्तु उत्पादन गर्ने नरेशबहादुर श्रेष्ठ गत महिना स्पर्श ब्राण्डको नक्कली मह उत्पादनको अभियोगमा पक्राउ परेका थिए ।

अदालतले धरौटीमा छाडेका तिनै श्रेष्ठ अर्को धन्दामा पक्राउ परेका हुन् ।