एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत मोहम्मदीलाई सजाय सुनाइएको पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल मोहम्मदीलाई मिलेमतोमा षडयन्त्र रचेको आरोपमा ६ वर्ष र प्रोपोगान्डा गतिविधिका लागि डेढ वर्ष जेल सजाय सुनाइएको लेखेका छन् । नरगिस…