काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उहाँले…