काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको सन्दर्भमा सहमति खोजेर अघि बढ्न आह्वान गर्नुभएको छ । समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो । ‘कतिपय मुद्दाहरूमा राजनीतिक दलहरूबीच फरक धारणा…