काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार विहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनका पाँच दलको बैठक सहमतिमा पुग्न भने नसकेको हो । देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपराहन गरी दुईपटक बैठक बसेको थियो । तर, दुवै बैठकबाट सहमति जुट्न सकेन…