काठमाडौं । युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । रोमामा बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्दै इन्टरले उपाधि जितेको हो । इन्टरलाई उपाधि दिलाउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको एक एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्ड्रो र डुसान भाल्होभिचले…